शिवराज कृषि सहकारी संस्थाको १०औं साधारण सभा सम्पन्न
कपिलवस्तुको शिवराज–३ खरेन्द्रपुरस्थित श्री शिवराज कृषि सहकारी संस्था लि. को १०औं साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।
सस्थाको वार्सिक प्रतिवेदन अध्यक्ष केयर सिह अदैले गर्नुभएको थियो उहाँका अनुसार सहकारीमा हाल १२५ जना महिला र ८३ जना पुरुष गरी कुल २०८ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी रु. ७ लाख ४४ हजार, बचत रु. ६१ लाख २३ हजार १४२ रुपैयाँ ४० पैसा र लगानी रु. ६९ लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ।
गत वर्ष ७७ जनाले ऋण सुविधा उपभोग गरेका छन् भने रु. ३ लाख १५ हजार ७५० बराबरको बीउ–बिजन र रु. ८ लाख ५९ हजार ६३० बराबरको मलखाद कारोबार भएको उल्लेख छ। यस अवधिमा २१५ बोरा डिएपि ३५४ बोरा युरिया र १६ बोरा पोटास बिक्री गरिएको छ।
संस्थाको नियमित बैठक १२ पटक, लेखा समिति १२ पटक, ऋण समिति ३ पटक र सल्लाहकार समिति ४ पटक बसेको प्रतिवेदनमा उल्लेख छ।
सभालाइ सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले कृषि सहकारीको माग बढ्दो अवस्थामा रहेको भन्दै सहकारीमार्फत कृषकलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारी क्षेत्रलाई अझ पारदर्शी र परिणाममुखी बनाउन नगरपालिकाले सहयोग गर्ने आश्वासन पनि दिनुभयो।

त्यस्तै, वडा अध्यक्ष टेकलाल सापकोटाले कृषि सहकारीमा आर्थिक हिनामिना नभएको र यसले किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
आर्थिक वर्ष २०८२/८३ का लागि संस्थाले २० जना नयाँ सदस्य थप गर्ने, कृषकलाई व्यवसायीकरणतर्फ अघि बढाउने, तालिमको व्यवस्था गर्ने, बीउ–बिजन र मलखादलाई व्यवस्थित गर्ने, ऋण व्यवस्थापन सुदृढ गर्ने, लेखा परीक्षण नियुक्त गर्ने तथा तरकारी संकलन केन्द्रलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम अघि सारेको छ।
सभामा शिवराज नगरपालिकाका प्रमुख अजय थापा , वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, कृषि विकास शाखा प्रमुख शान्तिमाया अधिकारी, बिगुल बचत ऋण सहकारीका अध्यक्ष नरबहादुर पौडेल, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि लगायत विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम ऋण समिती संयोजक श्याम प्रसाद खनालको संचालनमा सप्पन्न भएको थियोे ।













