रहतावल सामुदायिक वनको चुनाब हुँदै ।। बनमै घुस्यो राजनीतिको साँघुरो खेल ।।

रहतावल सामुदायिक वनको चुनाब हुँदै ।। बनमै घुस्यो राजनीतिको साँघुरो खेल ।।
नवराज पौडेल लोक संचार मिडिया प्रा.लि

कपिलवस्तुको शिवराज नगरपालिका–३ र ५ मा रहेको रहटावल सामुदायिक वन उपभोक्ता समूहमा अहिले राजनीतिक हस्तक्षेप यस्तो घनिभूत रूपमा प्रवेश गरेको छ कि ‘बन’ जस्तो निष्पक्ष क्षेत्र पनि दलगत खिचातानीको मैदान बनेको छ।
गत कार्तिक २२ गते भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन उपभोक्ताबीच सहमति नजुट्दा स्थगित हुन पुग्यो। तर सहमति नजुट्नुका पछाडिको मूल कारण नै राजनीतिक पकड मजबूत बनाउने प्रतिस्पर्धा रहेको उपभोक्ताहरू खुलेर बताउन थालेका छन्।
राप्रपाबाट उत्तम थारु नेतृत्वको प्यानल र एमालेबाट यज्ञ बेल्बासे नेतृत्वको प्यानलबीच पटक–पटक वार्ता भए पनि दलगत शक्ति प्रदर्शन नै हाबी भएपछि सहमति हुन सकेन। अन्ततः निर्वाचनतर्फ जाने बाध्यता उत्पन्न भयो।
निर्वाचन समिति संयोजक नवराज पाण्डे तथा सदस्य भिम केसी र सुरज थारुले मंसिर ६ गते मतदान हुने घोषणा गरेका छन्। यज्ञ प्यानलको चुनाव चिन्ह बाघ र उत्तम प्यानलको चिन्ह हात्ती तोकिएको छ।
हाल राप्रपा–कांग्रेसी गठजोड रहेको उत्तम थारु समूह र एमालेको पुरानो संरचना जस्तै देखिने यज्ञ बेल्बासे समूहबीच सामुदायिक बनमा पनि चुनावलाई राजनीतिक शक्ति परीक्षणजस्तै बनाइदिएको देखिन्छ। दुबै पक्ष आ–आफ्नो प्रचारमा आक्रामक रूपमा होमिएका छन्।

पहिलाको कामले बेल्बासे समूह बलियो मानिए पनि, राप्रपा–काङ्ग्रेसको भित्री शक्ति र सक्रियता देख्दा थारु पक्ष पनि कम शक्तिशाली छैन। त्यसैले यसपटक बनको नेतृत्वमा राजनीतिक प्रभाव कसको भारी पर्छ भन्ने खेल उपभोक्ताको हातमा पुगेको छ।
सबैभन्दा ध्यान खिच्ने कुरा — राप्रपाबाट निर्वाचित शिवराज नगरपालिकाका प्रमुख स्वयंले नै खुलेरै थारु पक्षको प्रचारमा उत्रनुले सामुदायिक वन संस्थालाई राजनीतिक रंगले अझ गाढा बनाइदिएको छ। यता मेयरमा पराजित महादेव पोखरेल बेल्वासे तर्फ खुलेका छन । काग्रेसभने भित्री रुपमा थारुको पक्षमा रहेको बुझीएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ