नीलगाई शिकार मुद्दामा  फरहान  खालाइ पक्राउ गर्न उच्च अदालतको आदेश।।

नीलगाई शिकार मुद्दामा  फरहान  खालाइ पक्राउ गर्न उच्च अदालतको आदेश।।

कपिलवस्तुको महाराजगन्जमा   गत बैशाख २० गते संरक्षित बन्यजन्तु नीलगाई शिकार गरेको गम्भीर प्रकृतिको मुद्दामा तानिएका शिवराज नगरपालिका निवासी फरहान अकबाल खा सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल ईजलाशले पक्राउ गर्न आदेश दिएको छ ।
यसअघि फरहान खा स्थानीय राजनीतिक दबाबका कारण जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए। तर सो आदेशलाई चुनौती दिँदै पुनरावलोकनमा पुगेपछि उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई अवैधानिक ठहर गर्दै धरौटी आदेश बदर गरेको हो।
अदालतले फरहानलाई तत्काल पक्राउ गरी थुनामा राखेर मुद्दा अघि बढाउन स्पष्ट निर्देशन दिएको छ।
अनुसार नीलगाई जस्तो संरक्षित वन्यजन्तु शिकार गर्नु गम्भीर आपराधिक कार्य भएकोले यस्तो मुद्दामा राजनीतिक हस्तक्षेपमार्फत धरौटीमा छुटाउनु कानुनी प्रक्रिया तथा न्यायिक मर्यादाविरुद्ध रहेको उल्लेख गर्दै  उच्च अदालतको आदेशसाथै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई फरहान अकबाल खा जहाँ भए पनि फेला पारेर तुरुन्तै पक्राउ गर्न निर्देशन दिइएको छ ।
शिवराज क्षेत्रमा वन्यजन्तु शिकारका घटना बढ्दै गएको र राजनीतिक संरक्षणका कारण दोषी उम्किने वातावरण बन्नुले आम नागरिकमा चिन्ता र चासोको विसय बनेको छ ।
उच्च अदालतको पछिल्लो आदेशले अब नीलगाई शिकार मुद्दा गम्भीर रूपमा अघि बढ्ने स्पष्ट संकेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर