शिवराज ३ बुलकिया थारु गाउँमा राजमोको प्रशिक्षण कार्यक्रम सम्पन्न ।।

शिवराज ३ बुलकिया थारु गाउँमा
राजमोको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपिलवस्त
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने बुलकिया थारु गाउँमा राष्ट्रिय जनमोर्चा (राजमो) को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चा मैना र गाउँ कमिटी अध्यक्ष श्यामलाल थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह अदैले प्रशिक्षण दिनुभएको हो।

प्रशिक्षणका क्रममा उहाँले देशको तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो। साथै, राष्ट्रिय जनमोर्चाले संघर्ष गर्दै आएको एजेन्डा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा, संघीयता तथा एमसीसी खारेजजस्ता विषयमा विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो।

प्रशिक्षण कार्यक्रमपछि ११ जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका सदस्य रामदेव कुर्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राजाराम थारुले गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ