उज्यालो नेपाल पार्टिको कपिलवस्तु जिल्ला भेला तथा जिल्ला समिती गठन कार्यक्रम आज मंसिर ९ गते शिवराज नगरपालिका-३ मा सम्पन्न भएको छ।

जिल्लाका अगुवा नेतृत्व पंक्ति र पार्टिका शुभेच्छुक जिल्लावासी को बाक्लो उपस्थिति माझ पाईलट जोन के.सि को संयोजकत्वमा ११ सदस्य जिल्ला कमिटी गठन भयो।
कार्यक्रममा प्रमुख अतिथि पार्टिका केन्द्रिय समिती सदस्य संजीव बल्लभ भट्टराई ले नवगठित जिल्ला कमिटिलाई शुभकामना सहित जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी, संगठन बिस्तार र चुनाव प्रचारप्रसार को तयारीका लागि निर्देशन दिनुभयो।
कपिलवस्तु जिल्ला सास्कृतिक पर्यटन, औद्योगिक क्षेत्र र कृषि उत्पादकत्व को क्षमताले असिमित संभावनाको जिल्ला रहेको धारणा ब्यक्त गर्नुभयो।
कार्यक्रममा अतिथिका रुपमा रहनुभएका ई. देवेन्द्र कुमार शर्मा ले नयाँ तथा बैकल्पिक मिलेर आए जिल्लाबाट नयाँ तथा युवा संसद जितेर पठाउन सकिने बारे धारणा राख्नुभयो। उनी २०७९ को निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका उम्मेदवार हुन।
जोन के.सि ले संयोजक चयन भए सङै जिल्लामा पार्टिको तिव्र बिस्तारमा लागि पर्ने र आफ्नो टिम लाई
थप समावेशी बनाउन जिल्ला समिती छिट्टै बिस्तार गर्ने बारे बताउनुभयो। उनी आफै जेन्जी उमेर समुहका हुन, र पेशाले पाईलट हुन। योग्य युवाहरुले नेतृत्वमा अग्रसर हुनुपर्ने र जेन्जी जनआन्दोलनको भावनालाई सम्बोधन हुनेगरी सबै उमेर समूह लाई समेटेर अघि बढ्नुपर्ने उद्घोष गरे।
उज्यालो नेपाल पार्टी कपिलवस्तुमा पाईलट जोन के. सिको सयोजकत्वमा ११ सदस्यीय समिति चयन भएका छ्न जस अनुसार सदस्यहरु- विनोद कुँवर ,संगीता बस्नेत, विन्दु भुषाल
, जहिर खान ,दिलशाद अली, अकमल खान ,सरफराज खान
,सर्मिला रावल ,ईन्दु पान्डे, थमन राना चयन भएका छन ।













