नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया नेकपा (एमाले) मा प्रवेश

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। नेकपा एमालेले कनौडियालाई कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिने आश्वासन दिएपछि उहाँ एमालेमा प्रवेश गर्नुभएको स्रोतले जनाएको छ।
कांग्रेसबाट प्रतिनिधि सभाका लागि नाम सिफारिस भइसकेका कनौडिया पार्टीको विशेष महाधिवेशनका क्रममा कित्ता परिवर्तन गर्दै शेरबहादुर देउवा पक्षमा खुलेका थिए। तर गगन थापा पक्षको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि आगामी निर्वाचनमा टिकट नपाउने आशंकामा  उहाँले एमाले रोजेको बताइएको छ।
कनौडियाको एमाले प्रवेशलाई कपिलवस्तु क्षेत्र नं. ३ को राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ