मौन अभियानका सूत्रधार पाण्डेय, कपिलवस्तु–३ मा रास्वपाको भरोसा
कपिलवस्तु ।
कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपनाएको चुनावी रणनीतिले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। सतही प्रचारभन्दा फरक, मौन समर्थन र लक्षित संगठनात्मक गतिविधिमा केन्द्रित अभियानका कारण रास्वपा यस क्षेत्रको चुनावी समीकरण बदल्ने अवस्थामा पुगेको विश्लेषण सुरु भएको छ।
पार्टीका क्षेत्रीय चुनावी कमाण्डर बालकृष्ण पाण्डेयको नेतृत्वमा अघि बढिरहेको अभियान ‘शान्त तर प्रभावकारी’ शैलीमा सञ्चालन भइरहेको पार्टी स्रोत बताउँछन्। खुला नाराबाजीभन्दा मतदाता संवाद, विश्वास निर्माण र तथ्यमा आधारित राजनीतिलाई प्राथमिकता दिइएको छ।
शिवराजबाट १० हजारभन्दा बढी मतको आशा
पार्टी निकट स्रोतका अनुजार शिवरा नगरपालिकाबाट मात्रै रास्वपाले १० हजार मत ल्याउनुपर्ने दवावमा छ
विशेष गरी, यी मतदाताहरू खुला रूपमा राजनीतिक पहिचान नदेखाए पनि मतदानको दिन परिवर्तनको पक्षमा उभिने प्रवृत्ति देखिएको छ। यही कारण कपिलवस्तु–३ मा ‘Hidden Supporter’ र ‘Hidden Voter’ को चर्चा तीव्र बनेको छ।
सर्वेक्षणको लागि विषेश टोलि परिचालन
स्वतन्त्र स्रोतबाट प्राप्त जानकारीअनुसार विजयनगर र शिवराज नगरपालिकामा सर्वेक्षण सम्पन्न भइसकेको छ, जसले रास्वपाप्रति सकारात्मक जनधारणा देखाएको अनुसन्धान टोलिले जनाएको छ। कृष्णनगर नगरपालिकामा भने रास्वपा केन्द्रीय टोलीद्वारा सर्वेक्षण प्रक्रिया जारी रहेको बताइएको छ। यी तथ्यांकहरूले कपिलवस्तु–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेका छन्।
पाण्डेयको नेतृत्वमा संगठन सुदृढीकरण

चुनावी कमाण्डर पाण्डेयले संगठनलाई आन्तरिक रूपमा मजबुत बनाउँदै युवा, महिला तथा स्वतन्त्र सोच भएका नागरिकलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिरहेका छन्। टोल–टोलमा मतदाता संवाद, सीमित तर लक्षित बैठक र नीतिगत छलफलहरू निरन्तर भइरहेको जनाइएको छ।
बालेन शाह फैक्टर र राष्ट्रिय भरोसा
राजनीतिक विश्लेषकहरूका अनुसार काठमाडौं महानगरका मेयर बालेन शाहको राष्ट्रिय राजनीतिमा बढ्दो प्रभाव र प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा उनको नाम चर्चामा आउनुले रास्वपाप्रति मौन मतदाताको भरोसा बढाएको छ। यसले कपिलवस्तु–३ जस्ता क्षेत्रमा पनि रास्वपाको प्रभाव विस्तार भएको संकेत गरेको छ।
शलिन तर जनतासग घुलमिल कम
रास्वपाबाट उम्मेदवार बनेका प्रकाश रजौरिया सुरुमा नयाँ अनुहारका रूपमा हेरिए पनि हाल उनको शालीन, विनम्र र स्पष्ट व्यवहारका कारण मतदाताबीच विश्वास बढ्दै गएको देखिन्छ। संसद् सदस्यको भूमिका, दायित्व र सीमाबारे स्पष्ट बुझाइ राख्ने उम्मेदवारका रूपमा उनी चिनिन थालेका छन्। उनलाइ निर्वाचन बाहेक निर्वाचन क्षेत्रमा घुलमिल कम हुने बताइन्छ । स्थानीयवासीका अनुसार रजौरिया पूर्णकालीन राजनीतिज्ञ नभई पेशागत क्षेत्रमा लामो समय काम गरेर आएका व्यक्ति हुन्, जसले जनताका वास्तविक समस्या नजिकबाट बुझेको अपेक्षा गरिएको छ।














