नेपाली कम्युनिस्ट पार्टीको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली कम्युनिस्ट पार्टीको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न ।।

कपिलवस्तु जिल्ला — शिवराज नगरपालिका–१ उमरीमा नेपाली कम्युनिस्ट पार्टीको आयोजनामा चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले नेपाली कम्युनिस्ट पार्टीप्रति देशभर उत्साह र उल्लास बढिरहेको बताउनुभयो। उहाँले कपिलवस्तु क्षेत्र नं. ३ मा पार्टीले राम्रो स्थान हासिल गर्ने विश्वास व्यक्त गर्दै उम्मेदवारलाई जिताउन सम्पूर्ण पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

खनालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयहरू तथा पछिल्लो समय युवापुस्ताले उठाएका एजेन्डाहरू पार्टीका नीति र सिद्धान्तसँग मेल खाने बताउनुभयो। साथै भ्रष्टाचारमुक्त नेपाल, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयहरू पनि पार्टीका प्रमुख एजेन्डा रहेको उहाँको भनाइ थियो।
त्यस्तै, क्षेत्र नं. ३ का उम्मेदवार एहशान अहमद खाँले क्षेत्रको समग्र विकासका लागि एक पटक विश्वास गरेर मत दिन मतदातासँग आग्रह गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा केन्द्रीय सदस्यहरू रुद्र बन्जाडे, अब्दुल रहुफ, रहिश शाह तथा प्रदेश सदस्यहरू दिनेश पुन, राजेन्द्र आचार्य, अर्जुन सापकोटा लगायतका नेताहरूले पनि सम्बोधन गर्दै पार्टीको पक्षमा माहोल सकारात्मक रहेको बताएका थिए। उनीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्ताहरू सक्रिय रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढ गर्ने र कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ