संविधान संशोधनको सन्दर्भ मा राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न,

संविधान संशोधनको सन्दर्भ मा राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न,
केर सिंह अदै, तौलिहवा
कपिलवस्तु, राष्ट्रिय जनमोर्चा कपिलवस्तु को आयोजना मा आज संविधान संशोधनको सन्दर्भ मा गणतन्त्र र राष्ट्रियता विषयमा वृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ, जिल्ला को चार न जीतपुर मा सम्पन्न अन्तर्क्रिया कार्यक्रम मा प्रमुख अतिथि को रूपमा राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाकार कमरेड बड्रे आलम ले १५ बुँदामा रहेको कार्य पत्र प्रस्तुत गर्नु भएको थियो, उक्त १५ बुँदा मा संविधान संशोधन, माथि सचेत बनाउँदै, गणतन्त्र , राष्ट्रियता को रक्षा , संघीयता को खारेजी , वर्तमान अवस्थामा राष्ट्रिय आवस्सेक ता हुन गयको कार्य पत्रमा उल्लेख गरिएको छ, वर्तमान सरकार को अधिनायक बादि चरित्र, मौलिक अधिकार हनन, ले २०७२ को संविधान ले प्रदान गरिएको हक अधिकार माथि कुठाराघात भएको ठहर गर्दै, गणतन्त्र , प्रजातन्त्र बादि, २०७२ को सविधान का पक्षधर हरु को एकता बाट मात्र संविधान र अहिले सम्म प्राप्त भएको उपलब्धि को रक्षा गर्न सकिने प्रस्ताव मा उल्लेख गरिएको छ,
प्रस्तुत प्रस्ताव माथि धारणा राख्दै , नेपाली कांग्रेस का नेता हरी प्रसाद पौडेल, ने क पा एमाले जिल्ला सचिवालय सदस्य भेष राज पाण्डे, नेपाल कम्निस्ट पार्टी लुम्बिनी प्रदेश सदस्य नारायण भुसाल, ने क पा माओवादी का केन्द्रिय सदस्य संघ प्रसाद थारु, क्रान्ति कारी कम्निस्ट पार्टी का जिल्ला इन्चार्ज दीपक पौडेल, नागरिक समाज का जिल्ला अध्यक्ष अर्जुन पोखरेल, ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री ले आफ्नो आफ्नो धारणा व्यक्त गर्नु भएको थियो, गणतन्त्रको रक्षा, राष्ट्रियता को रक्षा, सरकारको अधिनायक बादि कदम। बारेमा अवधारणा पत्र लाई समर्थन गर्दै , एक ठाउँमा जुटाउने प्रयास गरेको मा राष्ट्रिय जनमोर्चा लाई धन्यबाद व्यक्त गरेका थिए, यद्यपि संघीयता खारेज को विषयमा फरक फरक धारणा थियो,
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे को अध्यक्षता मा सम्पन्न कार्य क्रम मा ,अखिल नेपाल किसान सङ्घ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल, को आतिथ्यता रहेको थियो, कार्य क्रम सञ्चालन शशी सापकोटा ले गर्नु भएको थियो भने उपस्थित सबैलाई राजमो जिल्ला सचिव केर सिंह अदै ले मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर