बालचित्रमा देखियो स्वच्छ वातावरण र हरियालीको अभियान 

बालचित्रमा देखियो स्वच्छ वातावरण र हरियालीको अभियान

नवराज पौडेल कपिलवस्तु ,

विश्व वातावरण दिवस २०२६ को अवसरमा शिवराज नगरपालिकाका विभिन्न वडामा आयोजित चित्रकला प्रतियोगितामा बालबालिकाले वातावरण संरक्षण र जलवायु सचेतनाका सन्देश चित्रमार्फत प्रस्तुत गरेका छन्।
एक्सनएड नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारी तथा शिवराज नगरपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत वडा नं. ४, १० र ११ मा प्रतियोगिता आयोजना गरिएको हो।

कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा हरियाली प्रवर्द्धन, वन संरक्षण, स्वच्छ वातावरण तथा जलवायु परिवर्तनका विषयलाई चित्रमार्फत उतारिएको थियो।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई आयोजक संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले पुरस्कार प्रदान गरेको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकामा सानै उमेरदेखि वातावरणीय चेतना विकास गर्न यस्ता सिर्जनात्मक गतिविधि प्रभावकारी हुने बताएका छन्।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ