नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा सामाजिक सुरक्षाभत्ता नवीकरण को काम अन्तिम चरणमा पुगेको छ । भत्ता प्राप्त गर्ने कुल ८२५ जना व्यक्तिहरूको भत्तामा सुधारको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। वडा अध्यक्ष राम बहादुर चौधरीले का अनुसार, हालसम्म ६१३ जनाको भत्ता नवीकरण प्रक्रिया पूरा गरिएको छ।
हाल, २१२ जनाको भत्ता नवीकरण बाँकी छ। यसमा प्रमुख रूपमा अशक्त अपाङ्गता भएका व्यक्तिहरू समावेश छन्। यी व्यक्तिहरूको भत्ता नवीकरणलाई थप सहज बनाउनका लागि, वडा कार्यालयले विशेष योजना बनाइ बाँकी रहेका व्यक्तिहरूका घरघरमा पुगेर उनीहरूको भत्ता नवीकरण सेवा प्रदान गरिने उहाले जनाउनु भयो ।
यो पहलले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवाहरू सहज रूपमा उपलब्ध गराउने र उनीहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। वडा अध्यक्ष चौधरीले यस कार्यले सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी र समावेशी बनाउने बताउनु भयो ।














