मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न ।।

नवराज पौडेल
लोक सञ्चार मिडिया प्रा.लि कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ३ मा रहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार समयथान बहुमुखी क्यामपसको सभाहलमा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष दिपा अधिकारीले सञ्चालक समितिको तर्फबाट आव २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेको गर्नुभएको थियो । संस्थाले बचततर्फ २ करोड करोड १५ लाख ९२ हजार ४ सय ७५ संकलन गरेको बताउँदैे वार्षिक कारोबार १ करोड २६ बरावरको खर्च प्रस्तुत गरेको उहांले बताउनु भयो ।


संस्थाका अध्यक्ष दिपा अधिकारीको अध्यक्षता र लुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीको प्रमुख आथिथ्यतामा साधारण सभा सम्पन्न सभालाई सम्बोधन केसीले पछिल्लो समयमा देखिएका केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको घटनाले समस्या उत्पन्न भएको ले गांउघरका सहकारीको समेत बदनाम भएको बताउंदै ऋण लगानी लगाउंदा ध्यान दिन आग्रह गर्नुभयो । उहांले महिला दिदिवहिनीहरु मिलेर १७ औं वार्षिक साधारण सभा सम्म सफतापुर्वक सम्पन्न गरेको प्रति संस्थाको खुलेरै प्रशंसा गर्नुभयो ।


यस्तै सभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले संस्थाले अचार उद्योग संचालन गरेको प्रति खुशी व्याक्त गर्दै यस्तै अन्य उत्पादन मुलक क्षेत्रमा लगानी लगाउन आग्रह गर्दै उत्पादन मुखी क्षेत्रका कार्यक्रमलाई वडाले सहयोग गर्ने बताउनु भयो । नयां तथा केही सहकारीले व्याजको प्रलोभनमा पारी बचत डुवाइदिने समस्या भईरहेको गांउघरको सहकारीमा बचतको सुनिश्चिता हुने भएकोले ढुक्क भइ बचत गर्न सुझाव दिनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका सहकारी प्रमुख लक्ष्मी कडेल, समाजसेवी बलराम मरासिनी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ