सडक हरियाली बनाउने अभियानमा शिवराज डिभाइडरमा बिरुवा र दुबो रोपिने ।।
नवराज पौडेल कपिलवस्तु
माघ १० गते
कपिलवस्तुको शिवराज नगरपालिकाले नगरलाई सफा सुन्दर र हरियाली बनाउनका लागि सडकलाई हरियाली अभियान सुरु गरेको छ ।सडक किनारालाई हरियाली बनाउने उदेश्य का साथ यो अभियान अगाडि सारिएको नगर प्रमुख अजय थापाले जानकारि दिनु भयो ।
अभियानअन्तर्गत चन्द्रौटा कृष्णनगर रोडमा रहेको डिभाइडरमा नगरको लगानीमा विभिन्न फुलका बिरुवा रोपिने सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाइने उहाँले बताउनु भयो । । नगरले हाल करिब १० लाख लगानीमा रेडियो समानताको कार्यलय अगाडि सम्म बोटबिरुवा रोप्ने जनाइएको छ । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको थापाको भनाइ छ।
साथै उहाले चन्द्रौटा बजार क्षेत्रलाई सौन्दर्यकरण गर्नका लागि १०/१० मिटर को दुरिमा महेन्द्र राजमार्गको छेउमा करिब १५ सय वटा गमलामा बिरुवा र विभिन्न प्रजातिका फुलका विरुवा राखिने समेत बताउनु भयो ।
‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उहाँले भन्नू भयो ‘त्यसले गर्दा नगरले हाल पालिकाको बजेट बाट काम सुरु गर्ने र प्रदेश बाट थप बजेटको व्यावस्थापन गरि सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने बताउनु भयो ।
‘स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ’, ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्नेमा उहाले जोड दिनु भयो ।
‘४ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम आज सुरु,गरिने शिवराज नगरपालिका का इन्जीनियर रामजी थापा नेपालिले बताउनु भयो । ‘सडकको विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोप्ने उहाँले बताउनु भयो । 














