शिवराज नगरपालिका वडा नम्बर ३ मा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

शिवराज नगरपालिका वडा नम्बर ३ मा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा किशोरीहरुलाई आत्मरक्षा तालिम सुरु भएको छ। वडाको सामुदायिक संस्थागत तथा धार्मिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइने भएको हो।

वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी तालिम किशोरीहरुको सुरक्षा र आत्मविश्वास वृद्धिका लागि महत्वपूर्ण कदम रहेको बताउनु भयो । वडाको सहयोग र लोक सञ्चार मिडिया प्रा.लि. को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । लोक सञ्चार मिडियाका प्रबन्धक नवराज पौडेलका अनुसार, तालिम ४ दिनका दरले विभिन्न विद्यालयमा प्रदान गरिनेछ।

हालसम्म, वडाका दुर्गा भगवती म.बि. र आधारभूत विद्यालय मदवाका किशोरीहरुलाई तालिम दिइसकिएको छ। आजबाट सस्थागत विद्यालय हंस बाहिनी चिल्ड्रेन एकेडेमी खरेन्द्रपुर र गोल्डेन पार्कस एकेडेमीमा तालिम सुरु गरिएको छ।

गत वर्ष पालिकाले १० वटा माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम दिएको थियो। यस वर्ष, वडाले ५० हजार लागतमा सम्पूर्ण विद्यालयहरुलाई समेट्ने प्रयास गरिरहेको जानकारी वडा अध्यक्ष सापकोटाले दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर