ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि शिवराज नगरपालिका वडा नम्बर ३ मा पाठेघरको मुख को क्यान्सर परीक्षण शिविर सप्पन्न भएको छ ।
शिवराज नगरापालिका वडा नम्बर ३ मा अवस्थित चनइ स्वास्थ चौकी खरेन्द्रपुरको आयोजना , वडा नम्बर ३ को आर्थिक सहयोग तथा सुनौलो परिवार नेपाल चन्द्रौटाको प्राविधिक सहयोग मा एक दिने शिविर सम्पन्न भएको चनइ स्वास्थ चौकी प्रमुख जित बहादुर बि .सि ले जानकारी दिनुभयो ।

भएको शिविरमा २३८ महिलाले सेवा लिएका छन्।
शिविरमा २ जनामा सम्भाबित पाठेघरको मुखको क्यान्सर देखिएको छ । २ जनाको पाठेघर खस्ने समस्या देखिनुका साथै १० जना महिलाको महिनावारी गडबडी भएको देखिएको प्रमुख बि.सिले बताउनु भयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएकाले परीक्षण शिविर सञ्चालन गरिएको बताउनु भयो । महिला दिदी बहिनी हरुले संक्रमित भए पछि मात्रै चेकजाच गराउने बानी अकाल्मै मृत्यु हुने गरेको बताउदै यसको समस्या समाधान का लागि रोग नलाग्दै चेकजाँच गराउन शिविरको आयोजना गरिएको बताउनु भयो । क्यान्सर भेटिएका महिलाका लागि संघिय सरकारले १ लाख र प्रदेश सरकारले २ लाख रुपैया सम्म सहयोग गर्ने र निशुल्क उपचार गर्ने बताउनु भयो ।














