शिवराजमा सुरक्षा प्रणालीलाई सशक्त बनाउन वडा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण ।।

शिवराजमा सुरक्षा प्रणालीलाई सशक्त बनाउन वडा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण ।।

नवराज पौडेल लोक सञ्चार मिडिया प्रा.लि कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकाले वडा प्रहरी कार्यालय चन्द्रौटालाइ शान्ति र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि एक थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले , “शिवराज नगरपालिका सदैव आफ्नो नागरिकहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेकाले सुरक्षा क्षेत्रका लागि गरेको एउटा सानो तर महत्वपूर्ण योगदान रहेको उहाँले बताउनु भयो ।
स्थानीय प्रहरीलाई प्रभावकारी रूपमा कार्य गर्नका लागि आवश्यक सामग्री र साधनको उपलब्धता अत्यन्तै महत्त्वपूर्ण रहेको हुँदा नगरपालिकामा रहेको मोटरसाइकल हस्तान्तरण गरिएको बताउनु भयो ।
बढ्दै गइरहेको लागू औसध दुर्व्यसनी रोकथाम तथा शान्ति र सुरक्षा कायम राख्नका लागि मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले आफ्नो धारणा व्यक्त गर्दै सुरक्षा व्यवस्थामा निरन्तर सुधार आवश्यक रहेकोले शान्ति र सुरक्षालाई कुनै पनि स्थानमा उच्च प्राथमिकता दिनुपर्ने कुरा रहेको बताउनु भयो ।
प्रहरीको सञ्जाल र द्रुत प्रतिक्रिया प्रणालीलाई बलियो बनाउने प्रयासमा हामीले यो कदम चालेका छौं पौडेलले भन्नू भयो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सुजन शाहले नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै । सहयोग प्राप्त हुँदा आफ्नो कार्यक्षेत्रमा अझ बढी प्रभावकारी ढंगले काम गर्न । यसले कामको गति र कुशलतालाई बढाउन मदत पुग्ने बताउनु भयो ।

उहाले सामाजिक सुरक्षा र शान्तिको सुनिश्चिततामा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको यस प्रकारको सहयोगले स्थानीय प्रशासन र नागरिकहरूको बीचको विश्वास र समन्वयलाई थप सुदृढ पार्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर