शिवगढिका दुई युवाद्वारा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण ।।

शिवगढिका दुई युवाद्वारा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण ।।

शिवराज नगरपालिका–९, शिवगढीका दुई युवाले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
पढाइको शिलशिलामा अस्ट्रेलियामा रहेका युवा इश्वर पुरी र रोजगारीको शिलशिलामा विदेशमा रहेका मनोज घर्ती मगरको पहलमा शिवगढी क्षेत्रका ७ वटा विद्यालयका १ सय ३५ जना विद्यार्थीहरूलाई झोला, कापी, पेन्सिल लगायतका सामग्री वितरण गरिएको हो ।

उनीहरूले गाउँमा रहेका विपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यो पहल गरेका हुन् । वितरण कार्यक्रम स्थानीय विद्यालयहरूसँग समन्वय गरी  इश्वर पुरी र मनोज घर्तीमगर का बुबाहरु कर्ण बहादुर पुरी र बेगाराम घर्ती मगरको हातबाट बितरण गरी सम्पन्न गरिएको थियो ।

युवा इश्वर पुरीका अनुसार आर्थिक अभावका कारण पढाइमा असर परिरहेका विद्यार्थीहरूलाई सहयोग गर्न सके भविष्यमा उनीहरूबाट समाजले  लाभ लिन सक्नेछ । “हामीले सानो प्रयास गरेका हौँ, तर यसले विद्यार्थीहरूलाई ठूलो प्रेरणा दिन सक्छ भन्ने विश्वास लिएका छौँ,” पुरीले बताए ।

स्थानीय शिक्षक र अभिभावकहरूले युवाहरूको यो सामाजिक उत्तरदायित्वप्रति धन्यवाद दिँदै यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर