शिवराजमा शिक्षा पूर्वाधार सुदृढीकरणको अभियानः प्रदेश सभा सदस्य केसीको सक्रिय पहल ।।

शिवराजमा शिक्षा पूर्वाधार सुदृढीकरणको अभियानः
प्रदेश सभा सदस्य केसीको सक्रिय पहल ।।
कपिलवस्तुको शिवराज नगरपालिका २ मा  – लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानअन्तर्गत  जनता माध्यमिक विद्यालयको दुई कोठे भवनको ढलान कार्य सफलतापूर्वक सम्पन्न भएको छ। प्रदेश सरकारबाट प्राप्त २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यस भवनले अब विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
शिवराज नगरपालिकाको प्रत्यक्ष निगरानी तथा सहकार्यमा सम्पन्न भएको यो परियोजना प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको निरन्तर प्रयास र पहलको परिणामस्वरूप सम्भव भएको हो। शिक्षा क्षेत्रको स्तरोन्नतिमा उहाले खेलेको भूमिकालाई स्थानीयबासीले उच्च मूल्यांकन गरेका छन्।
प्रदेश सांसद केसीले शिवराज नगर क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिंदै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा कृषि क्षेत्रका थुप्रै परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । ।
स्थानीय स्तरमा आधारभूत पूर्वाधारको सुदृढीकरण बिना समृद्धि सम्भव छैन। यसै मार्गदर्शनमा हामी शिक्षा क्षेत्रमा यस्ता लगानीलाई प्राथमिकतामा राखिरहेको उहाँले बताउनु भयो ।
शिवराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरीले भवन निर्माणलाई उपलब्धिका रूपमा लिएको बताउनु भयो । भवन सम्पन्न भएपछि शिक्षण सिकाइ सहज, प्रभावकारी र विद्यार्थीमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।
यस परियोजनाले शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्नुका साथै प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यको उत्कृष्ठ नमूना पनि बनेको चौधरीले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ