शिवराज ११ सडवामा आगलागी बाट १२ घर जलेर नस्ट ।

शिवराज ११ सडवामा आगलागी बाट १२ घर जलेर नस्ट ।।
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ मा आगलागी बाट १२ घर जलेर नस्ट भएका छन । दिउँसो ३ बजे बाट सुरु भएको आगोलाइ स्थानीय बासी प्रहरी तथा नगरपालिकाको दमकल द्वारा ४ बजेर २५ मिनेटमा नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानकारी दिएको छ । आगलागी पीडितलाई नगरपालिकाले ५ हजारका दरले राहत सामाग्री बितरण गरिएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले आगलागी पीडितलाई दाल, चामल , नुन, तेल , आलु लगाएत खाद्यान्न सामाग्री र १/१ थान तिर्पाल बितरण गरेको उहाले जानकारी दिनु भयो । आगलागीमा मानवीय क्षती भने नभएको र केही घाइते भएकालाइ नगरपालिकाको आधारभुत स्वास्थ अस्पताल बाट खटिएको टोलिले घरमै गइ उपचार गरेको समेत थापाले बताउनु भयो ।

आगो कसरी लाग्यो, कति क्षती भएको भन्ने बिवरण आउन बाकी रहेको वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुजन शाहले बताउनु भयो । आगलागी वाट शिव कोरि, संजय कोरि, सुरज कोरी,अर्जुन कोरि, रामफली कोरि, दिनेश कोरि, फुलमति कोरि, बाकेलाल कोरि, पुनवासी कोरि, राजेश कोरि र, राम निवास यादवको फुसले छाएको घर पुर्ण रुपमा जलेर नस्ट भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ