नेपाल सितोरियो कराते संघ कपिलवस्तुद्धारा खेलाडीलाई आधारभुत रेफ्रि तालिम प्रदान ।।

नेपाल सितोरियो कराते संघ कपिलवस्तुद्धारा खेलाडीलाई आधारभुत रेफ्रि तालिम प्रदान

हरि आचार्य, कपिलवस्तु

नेपाल सितोरियो कराते संघ कपिलवस्तुले जिल्लाका विभिन्न पालिकाका करातेमा आवद्ध खेलाडीहरुलाई आधारभुत तहको रेफ्रि तालिम प्रदान गरेको छ । जिल्लामा नयाँ रेफ्री उत्पादन गर्ने र उत्पादित रेफ्रीको क्षमता वृद्धि गर्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको संघका जिल्ला अध्यक्ष डम्बर बहादुर सोमैले बताए । तालिममा जिल्लाका बाणगंगा, शिवराज र कपिलवस्तु नगरपालिका गरि ३ पालिकाका कराते खेलाडीहरुको उपस्थिती रहेको थियो ।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नंं.४ का वडाध्यक्ष छविलाल रेश्मी मगरले तालिम सफलताको शुभकामना व्यक्त गर्दै करातेले शारीरिक, मानसिक र संवेगात्मकसंगै मित्रता पुर्ण व्यवहारको विकास हुने बताए । वडाध्यक्ष रेश्मीले यस्ता तालिमले जिल्लामा नयाँ रेफ्रिको उत्पादन हुने बताए । उनले नेपाल सरकारले विगतका बर्ष भन्दा अहिले खेलकुद क्षेत्रमा बजेट वृद्धि गरेको बताउँदै पहँुचको आधारमा भन्दा आवश्यकताको आधारमा उक्त बजेट सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते संघ लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष सिंहले लुम्बिनी प्रदेशमा करातेको क्षेत्रमा धेरै कामहरु भएको बताउँदै कपिलवस्तु जिल्लाले पनि यस्ता खालका तालिमहरु प्रदान गर्दै आईरहेको बताए । उनले सबै खेलाडीहरुलाई आफ्नो क्षमता वृद्धि गर्न अनुरोध गर्दै अवसरहरुमा समेत भाग लिन निर्देशन दिए ।

त्यस्तै नेपाल सितोरियो कराते संघ कपिलवस्तुका अध्यक्ष डम्बर बहादुर सोमैले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कराते खेलार्डीहरुले सक्रिय रुपमा भाग लिएको बताए ।

तालिममा नेपाल सितोरियो कराते संघ कपिलवस्तुका अध्यक्ष डम्बर बहादुर सोमै र र्राष्ट्रिय रेफ्री कमिशनका सचिब एवम लुम्बिनी प्रदेश रेफ्रि संयोजक कृष्ण देवकोटाले सैद्धान्तिक र अभ्यासात्मक प्रशिक्षण दिएका थिए ।

कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुर स्थित पंजावी तड्का रेष्टुरेण्ट पार्टी प्यालेसमा सम्पन्न उक्त तालिमको उद्घाटन कार्यक्रम संघका जिल्ला अध्यक्ष सोमैको स्वागत मन्तब्य तथा संघका नगर उपाध्यक्ष सबिना आचार्यको संचालन रहेको थियो भने जिल्लाका करातेमा आवद्ध खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर