शिवराजमा रक्तिम सांस्कृतिक अभियानको चौथो भेला सम्पन्न
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा आज रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको चौथो भेला सम्पन्न भएको छ।
रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य माननीय बहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुस्मिता विकको अध्यक्षतामा २३ सदस्यीय रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति चयन गरेको छ।
जसअनुसार उपाध्यक्षमा राजु विक, सचिवमा बिहान अदै, कोषाध्यक्षमा सुहानी जैसी, सहसचिवमा पूजा पोख्रेल चयन हुनु भएको छ। सदस्यहरूमा सरद भण्डारी, प्रिन्स अदै, जेसिका भण्डारी, कसक घर्ती मगर, शुभम् विक, ललित अदै, रिजन सुनार, भावना पोख्रेल, सुजता विक र अस्मिता बुढा रहनु भएको छ।
वैकल्पिक सदस्यहरूमा इशु जैसी र विभिशा पुन चयन हुनु भएको छ भने सल्लाहकारहरूमा बेगम बुढा, ईश्वरा जैसी, सावित्री परियार, शुसिला खनाल र सागर बुढा मगर रहनु भएको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य माननीय बहादुर नेपालीले गीत–संगीतको माध्यमबाट जनतालाई सचेत बनाउने, गरिब किसान तथा मजदुरहरूको दुःख–पीडालाई गीत र नृत्यमार्फत जागरण ल्याउने उद्देश्यसहित अभियान निरन्तर रूपमा अघि बढिरहेको बताउनु भयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक तथा रक्तिम सांस्कृतिक अभियान जिल्ला अध्यक्ष बेगम बुढा मगरले मन्तव्य राख्नु भएको थियो। भेलामा अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य श्यामप्रकाश खनालको पनि आतिथ्यता रहेको थियो।
भेला पश्चात् नव–निर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केर सिंह पुन र अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसीले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो।
कार्यक्रमको अध्यक्षता राजु विकले गर्नु भएको थियो भने सञ्चालन सुस्मिता विकले गर्नु भएको थियो। रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले “एक बनौँ, लौ एक बनौँ” भन्ने गीतमार्फत कार्यक्रमको स्वागत गरेका थिए।














