सादा जीवन, स्पष्ट सोच: एहसान खान
सलिन र भद्र स्वभावका, सबै वर्ग र समुदायसँग सहजै घुलमिल हुने व्यक्तित्वका धनी एहसान खान कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का एक सशक्त र अब्बल उम्मेदवारका रूपमा देखिनु भएको छ।
कृष्णनगर नगरपालिका निवासी खान नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएको हो। उहाँ लामो समयदेखि औद्योगिक क्षेत्रमा लगानी गर्दै आउनु भएको छ। यस क्रममा उहाँले क्षेत्रका सयौँ स्थानीय युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्दै आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको छ।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आउनु भएका खान शिक्षा, स्वास्थ्य, विपन्न वर्गको सहयोग तथा सामाजिक सेवाका विविध गतिविधिमा निरन्तर सक्रिय रहनु भएको स्थानीयहरू बताउँछन्। जनताको दुःख–सुखमा सधैँ साथ दिने स्वभावका कारण उहाँप्रति जनस्तरमा विश्वास र सम्मान बढ्दै गएको छ। स्थानीय आवश्यकता र जनभावनालाई नजिकबाट बुझेका खानले विकास, रोजगारी र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै निर्वाचन मैदानमा होमिनु भएको छ। सरल जीवनशैली, स्पष्ट दृष्टिकोण र कर्ममा विश्वास गर्ने नेताका रूपमा चिनिनु भएका उहाँलाई कपिलवस्तु–३ का मतदाताले आशा र भरोसाका साथ हेरेका छन् । मतदाता परिवर्तनको पक्षमा रहेको भन्दै उहाले तारा चिन्हमा मत दिनु आग्रह गर्नुभयो ।














