समानुपातिक ,एक करोड बढी मतगणना सकिँदा रास्वपाले पायो ४९ लाख, अरुको कति
फागुन, २६ गते काठमाडौं ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले १३ लाख ८५ हजार १४९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार २६६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६३ हजार ३९३ र जनमत पार्टीले ७५ हजार ९८ मत प्राप्त गरेको छ ।
समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाईसकेका छन् ।
प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।














