शिवराज ४ मा शान्ति श्रमिक महिला समूहको साधारण सभा तथा अधिवेशन सम्पन्न ।।
कपिलवस्तुको शिवराज नगरपालिका–४, बनकट्टिमा रहेको शान्ति श्रमिक महिला समूहको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। स्थानीय अधिकार कार्यक्रम अन्तर्गत एक्सन एड नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत शान्ती श्रमिक महिला समुहको आयोजना तथा स्थानीय अधिकार कार्यक्रम को सहयोगमा कार्यक्रम गरिएको हो।
समूहकी अध्यक्ष सृष्ति घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नसिम अहमद खान प्रमुख अतिथिका रूपमा सहभागी भई श्रमिक महिलाहरूका लागि विभिन्न सीपमूलक तालिम प्रदान गरिएको उल्लेख गर्दै त्यसको सदुपयोग गरी उद्यमी बन्न आग्रह गरे।
कार्यक्रममा समूहका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। सभामा समूहको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आगामी योजना र कार्यक्रमबारे छलफल गरिएको आयोजकले जनाएको छ।
महिला सशक्तीकरण, आयआर्जन अभिवृद्धि र समावेशी विकासका विषयमा सहभागीबीच अन्तरक्रिया भएको सिदार्थ सामाजिक बिकास केन्द्रकी सहजकर्ता अमृता थारुले बताउनु भयो । कार्यक्रममा सहभागीहरूले समूहलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजान सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
यसैगरी सभाले अध्यक्ष सरिता कामी, उपाअध्यक्ष – सांगता सुनार,सचिव पुनम धर्ती क्षेत्री,सहसचिव – सन्जिला कुमाल,कोषाध्यक्ष पुष्पा विश्वकर्मा सहित को नया कार्य समिति चयन गरेको छ।














