कल्याणकोट सामुदायिक बनले उपभोक्तालाई दियो राहत सामाग्री ।।

कल्याणकोट सामुदायिक बनले उपभोक्तालाई दियो राहत सामाग्री ।।
कल्याणकोट सामुदायिक बनले उपभोक्तालाई राहत सामाग्री बितरण गरेको छ ।
आईतबार संस्थाले भगवानपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बर्षाको समयमा लामखुट्टे लगायतका किटाणुहरुबाट हुने जोखिमलाई मध्य नजर गरी किटनाषक झुल खाद्यन्न लगायतको सामाग्री बितरण गरेको हो ।

संस्थाले ५२० उपभोक्तालाई किटनाषक झुल ३० बिपन्न परिवारलाई १० हजार बराबरको खाद्यन्न सामाग्री ,५ जना क्यान्सरको बिरामीलाई नगद १५ हजार र सुस्त मनस्थिती र फरक क्षमता भएकोलाई दुई सेट लुगा सहयोग गरेको छ ।
संस्थाले आगामी दिनमा पनि स्थानीय उपभोक्ताहरुको समस्य पहिचान गरी बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने संस्थाका अध्यक्ष तिला चन्दले जानकारी दिनु भयो । संस्थाले बार्षिक कार्यक्रम बनाई स्थानीय स्तरमा भएका समस्यहरुमा वडासंग समन्वय गरी बिभिन्न कार्यक्रम गर्ने भएको समेत चन्दले जानकारी दिनु । यो बर्ष आरटिओ रोड देखि भगवान थारु गाउ सम्म कालोपत्रे गर्ने योजना रहेको पनि उहाले बताउनु भयो ।

वडा अध्यक्ष रामगोपाल थारुको प्रमुख आतिथ्यता संस्थाको अध्यक्ष तिला चन्दको अध्यक्षता र सचिव दिलमाया थापाको संचालनमा समपन्न कार्यक्रममा उल्लेख्य स्थानीय उपभोक्ता उपस्थितीमा भएको हो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ