दाङ : अनुचित लेनदेन ९मिटर ब्याज० को आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई पुरुष र पाँच महिला गरी सात जनालाई पक्राउ गरेको छ ।
मिटर ब्याज तोकेर मानसिक तनावसमेत दिएको भन्दै १० जनाले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । पीडितहरूले सात जनाविरुद्ध विभिन्न २४ वटा मुद्दा दर्ता गरेका छन ।
पीडितहरूलाई सङ्गठित गरेर न्यायिक प्रक्रियामा पठाइएको नागरिक बचाउ अभियानका राप्ती संयोजक कुलबहादुर डाँगीले बताउनुभयो । उहाँले घोराहीकै अरू दुई जना महिलाले थप २५ जनालाई अनुचित रूपमा ठगी गरिरहेको पाइएकाले मुद्दाको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।













