द ब्राईट र युनिक स्पोर्ट्स बन्यो दोस्रो राउन्डको पहिलो बिजेता ।।

कपिलवस्तु
-द ब्राईट त्रिपालनगर र युनिक स्पोर्ट्स नौडिहवा साईनिङ्ग स्टार कप २०८१ दोस्रो राउन्डको पहिलो बिजेता बनेको छ । शनिबार साईनिङ्ग स्टार युवा क्लबको खेल मैदान रमुवादहमा जारी खेलमा युनिक स्पोर्ट्सले सनराईज भगिरामपुरलाई ० को विरुद्ध ३ र द ब्राईट त्रिपालनगरले युनाइटेड धानखोलालाई पेनाल्टी मा ३ को विरुद्ध ५ गोल गरेर दोस्रो राउन्डको पहिलो बिजेता बनेको हो । १बजे देखि शुरुहुने भनिए पनि गर्मीका कारण केही ढिला गरि शुरु भएको युनिक स्पोर्ट्स र सनराईज भगिरामपुरको निकै प्रतिस्पर्धा भएको पहिलो खेलमा निर्धारित समयको पहिलो हाफको २७ औ मिनेटमा जर्सि न १७ क मने पुन आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए त्यस पछी ३२औ र ५५ औ मा थप गोल गर्दै युनिक स्पोर्ट्सले स्कोर दोब्बर बनाएको थियो । यसै गरि युनाइटेड धानखोला र द ब्राईट बिच पनि निकै प्रतिस्पर्धा भएको थियोे । पहिलो हाफमा दबाब बनाएकाे युनाइटेड धानखोलाले गोल गर्न नसक्दा दोस्रो हाफ देखि द ब्राईटले पनि दबाब बनाएको थियो । दुवै टिमले केहि राम्रो अवसर पाए पनि निर्धारित समयमा गोल गर्न नसक्दा पेनाल्टी मार्फत खेल छिनोफानो गरिएको हो पेनाल्टीमा द ब्राईटले ३ को विरुद्ध ५ गोल गर्दै तेस्रो राउन्डमा प्रवेश गर्न सफल भएको छ । र अन्तिम खेल ३० बर्ष माथिका टिम साईनिङ्ग स्टार् र ज्ञ्यानज्याेति बिच भएको थियो उक्त खेल ० को विरुद्ध १ गोल गरेर साईनिङ्ग स्टार बिजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ