कपिलवस्तुको शिवराज नगरपालिकामा पालिका क्षेत्रमा रहेका बिभिन्न उद्योगहरुमा काम गर्ने महिला तथा कर्मचारीहरुलाई यातायात भाडामा ७० प्रतिशतसम्म छुट दिइने भएको छ । नगर प्रमुख अजय थापा र यातायत ब्यवसायीबीच भएको लामो छलफलपश्चात यस्तो निर्णय भएको हो ।
शिवराज नगरपालिका घर भएर नगरभित्र जहाँजहाँ कार्यरत भएको भए पनि आवतजावत गर्दा परिचय पत्रको आधारमा उक्त छुट दिइने नगर प्रमुख अजय थापाले बताउनु भयो ।
थापाका अनुसार कृष्णनगर यातायात प्राली, बुटवल यातायात प्राली, पश्चिमाञ्चल वस ब्यवसाय प्राली र सजिलो यातायत प्रालीसंग भाडा छुट दिने विषयमा सहमति भएको छ । सहमति बमोजिम अब परिचय पत्र वितरणको कार्य अघि बढ्ने उहाले बताउनु भयो ।













