नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा आइतबार स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।
यस अवसरमा नगर प्रमुख अजय थापाले नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको महत्व र फाइदाबारे जानकारी गराउँदै यो पहललाई नगरको समग्र स्वास्थ्य सुधारको महत्वपूर्ण कदम सुरु भएको बताउदै नगर बासिको स्वास्थ्यका पालिका गम्भीर भएर लागेको बताउनु भयो । उहाले उपचारका लागि बुटवल जानू पर्ने बाध्यता हटेको बताउनु भयो ।
स्वास्थ्य बीमा कार्यक्रमले नगरवासीलाई स्वास्थ्य सेवामा सुधार ल्याउने र आर्थिक सुरक्षा प्रदान गर्ने कुरामा जोड दिएका दिदै । यस कार्यक्रमको माध्यमबाट नगरका नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवामा पहुँच पुर्याउने र स्वास्थ्य समस्याबाट जोगाउने उद्देश्य रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष, शिवराज नगरपालिका-५ का वडा अध्यक्ष नेत्र बेल्बासेले स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई उजागर गर्दै नगरवासीलाई यस कार्यक्रमको पूर्ण फाइदा उठाउन आग्रह गर्नुभयो। उहाँले भने, “स्वास्थ्य बीमा कार्यक्रमले नगरवासीलाई स्वास्थ्य सेवामा अधिक पहुँच र सुरक्षित जीवन जीउनका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने छ।”
अध्यक्ष बेल्बासेले यो कार्यक्रमले नगरको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै, सबै नागरिकलाई स्वास्थ्य सेवामा सुरक्षित र समृद्ध भविष्यको लागि सक्रिय सहभागी बन्न पनि अनुरोध गर्नुभयो।
स्वास्थ्य बीमा कार्यक्रमले नगरवासीलाई स्वास्थ्य सेवामा विशेष सुविधा प्रदान गर्ने मात्र होइन, समग्र स्वास्थ्य व्यवस्थामा सुधार ल्याउने दृष्टीकोण राखिएको छ ।













