नवराज पौडेल कपिलवस्तु,
कपिलवस्तुको विजय नगर गाउँपालिका वडा न २ को मगर कट्टा मा राष्ट्रिय जनमोर्चा को वडा भेला सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै को प्रमुख आतिथ्यता मा र हिरालाल तेली को अध्यक्षता मा सम्पन्न भेला ले राष्ट्रिय जनमोर्चा को वडा कमिटी पुन र गठन गरेको छ, जस् अनुसार जितेन्द्र चाई को अध्यक्षता मा ९ सदस्सीय समिति गठन गरिएको छ उपाध्यक्ष मा हिरालाल तेली, सचिब मा घिरौं भर, कोष अध्यक्ष मा आज्ञाराम भर, सदस्य हरुमा घीर्य भर, नान मती भर, राज कुमार चाई, नन्द लाल काहर, र राज बहादुर भर रहनु भएको छ, भने सल्लाका र मा राज कुमार यादव रहनु भएको छ
भेला मा राजमो अदै ले समसामायीक रानीतिक परिस्थिति को बारेमा प्रकाश पार्नु भएको थियो, भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नागराज योगी, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका अध्यक्ष गोविन्द परिवार ले मन्तव्य व्यक्त गर्नु भएको थियो, सञ्चालन जितेन्द्र चाई ले गर्नु भएको थियो, राजमो सचिब अदै ले सबैलाई सदस्यता दिनु भएको थियो, भेला पछिको बैठक ले गाउँ कमिटी गठन गर्ने,सदस्यता वितरण गर्ने निर्णय गरेको छ













