कपिलवस्तुको चन्द्रौटामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सोमबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। शिवराज नगरपालिकाको आयोजनामा तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा चन्द्रौटा चोकमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरु जस्तै बलात्कार, बोक्सीको आरोपमा कुटपिट, दाइजोको कारण जलाइएको, र बेचबिखन जस्ता घटनाको कडा भर्त्सना गर्दै यस्ता जघन्य अपराध रोक्न सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, अधिकारकर्मी मिना परियारलगायतले सम्बोधन गर्दै लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणका लागि निरन्तर प्रयास गर्नुपर्ने कुरा उल्लेख गरे। कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका उपसचिव पुर्ण बहादुर बिस्वकर्मा ले महिला हिंसा अन्त्यका लागि पालिकाले हरेक वर्ष यो अभियान चलाउदै आएको बताए ।
कार्यक्रमले हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सन्देश दिएको छ।













