शिवराज २मा ज्येष्ठ नागरिक सम्मान सहित न्यानो कपड़ा वितरण

 

नवराज पौडेल लोक सन्चार मिडिया प्रालि

शिवराज नगरपालिका वडा नं. २ ले जेष्ठ नागरिक सम्मान गरेको छ । वडाका ७५ वर्ष माथी ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपांगता भएका नागरिकलाई  सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न  भएको वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरीले जानकारी दिनुभयो । वडाभित्र ७५ वर्षभन्दा माथिका १२४ जना मध्य ९० जना नागरिकलाई सम्मान गरिएको र बाकी अन्यलाइ घरमै पुगि सम्मानका साथ कपडा बितरण गर्ने चौधरीले बताउनु भयो ।

ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको उहाँले  बताउनुभयो। वडाले हरेक  वर्ष ज्येष्ठ नागरिक लाई सम्मान गर्दै आइरहेको छ । कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारि चौधरीले  आफ्ना बुवा आमालाइ वृद्ध आश्रम नभै घरमै राख्ने ब्यास्था गर्नु पर्ने बताउनु भयो उहाँले सम्मान कार्यक्रमसँगै ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार संयुक्त परिवारमा बसोबासले मानसिक रोग कम गर्ने सम्भावना रहेको भन्दै नगरपालिकाले घर–घरमा पुगेर ज्येष्ठ नागरिकहरूको उपचार गर्दै आएको जानकारी दिनुभयो।

यस्ता कार्यक्रमले  समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान अभिवृद्धि हुने वडा सचीव नारायण पङ्गेनिले बताउनु भयो । सम्मान सहित न्यानो कपडा पाएपछी जेष्ठ नागरिक खुसी भएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ