शिवराज ३ मा ७४० विद्यार्थीलाई न्यानो सुइटर ।

शिवराज ३ मा ७४० विद्यार्थीलाईन्यानो सुइटर वितरण ।।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा अध्यनरत ७४० जना बालबालिकालाई न्यानो सुइटर वितरण गरिने भएको छ जसमध्ये शुक्रबार भित्रिया र मैनार बुलाकियाका २ विद्यालयका १०२ जना बालबालिकालाई सुईटर प्रदान गरिएको हो ।अन्यलाई प्रत्येक विद्यालयमै पुगि वितरण गरिने वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो । जिल्लाको शिवराज नगरपालिका ३ ले बालबिकास देखि कक्षा ५ सम्म अध्यन गर्ने साना बालबालिकालाई सुइटर वितरण गरेको सापकोटाले जानकारी दिनु भयो ।
कपिलवस्तुमा चिसोबढे संगै स – साना बालबालिका लाई राहत हुने उदेश्यले हरेक वर्ष जस्तै यस वर्ष सुइटर विटरण गरिएको उहाले बताउनु भयो ।
हामीले हरेक वर्ष चिसो मौसमको सुरुवातसँगै साना बालबालिकाहरुलाई न्यानो सुइटर उपलब्ध गराउँदै आएका छौं। यस वर्ष पनि बालबालिकाहरुलाई सुइटर वितरण गर्दै, उनीहरूको स्वास्थ्य र पढाइमा कुनै असर नपरोस भन्ने हाम्रो उद्देश्य हो।” सापकोटा ले भन्नू भयो ।
सुइटर वितरणको कार्यक्रम बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरिएको थियो। यी बालबालिका प्रायः गरिब र अप्ठ्यारो परिस्थितिमा अध्ययनरत छन्, जसको कारण उनीहरूको शारीरिक स्वास्थ्य र शिक्षा दुवैमा असर पर्ने सम्भावना रहन्छ। यस्तोमा न्यानो कपडा प्रदान गर्ने कदमले उनीहरूको मनोबल र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यहि प्रकारका कार्यक्रमले समुदायमा सामाजिक सद्भाव र एकताको भावना बढाउने मात्र होइन, विद्यालय जानका लागि उत्साहित पनि बनाउँछ। शिवराज नगरपालिका ३ का वडाअध्यक्ष टेकलाल सापकोटाले यस वर्षका कार्यक्रमलाई प्रोत्साहन दिनका लागि स्थानीय समाजका नागरिक र शिक्षक वर्गलाई समेत धन्यवाद दिनु भएको छ ।
चिसो बढ्दै जाँदा बच्चाहरुको शारीरिक अवस्थाको ख्याल राख्दै, शिक्षा र स्वास्थ्यलाई प्रोत्साहित गर्ने यस्ता गतिविधिहरू वर्षेनी जारी राख्ने योजना रहेको वडा अध्यक्ष सापकोटाले थप जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ