शिवराजमा तीन पाङ्ग्रे सवारी दर्ता प्रमाणपत्र वितरण सुरु ।।

शिवराजमा तीन पाङ्ग्रे सवारी दर्ता प्रमाणपत्र वितरण सुरु ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

नवराज पौडेल कपिलवस्तु
। कपिलवस्तुको शिवराज नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधनका लागि रुट परमिट सहितको सवारी दर्ता प्रमाणपत्र वितरण सुरु गरेको छ । गरपालिकाभित्र सञ्चालन हुने टेम्पु, इ–रिक्सा, अटो रिक्सा लगायत १ सय १६ वटा पाङ्ग्रे सवारी साधनका धनीलाई आइतबार  प्रमाण पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सवारी दर्ता प्रमणापत्र धनीलाई हस्तान्तरण गर्दै नगर प्रमुख अजय थापाले  नगरपालिकामा दर्ता नगरी तीन पाङ्ग्रे सवारी साधन सञ्चालन गरे कानूनी कारबाही गरिने बताउनु भयो  । स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर क्षेत्रको यातायात व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ । त्यसै अनुसार पहिलो चरणमा तीन पाङ्ग्रे सवारी साधनलाई रुटपरमिट सहित सवारी दर्ता प्रमाणपत्र वितरण गरेका छौं,’ उनले भने, ‘नगरमा दर्ता नगरी सवारी सञ्चालन गरिए सवारी जफतसम्मका कारबाही गर्छौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ