शिवराजमा तीन पाङ्ग्रे सवारी दर्ता प्रमाणपत्र वितरण सुरु ।।

नवराज पौडेल कपिलवस्त

। कपिलवस्तुको शिवराज नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधनका लागि रुट परमिट सहितको सवारी दर्ता प्रमाणपत्र वितरण सुरु गरेको छ । नगरपालिकाभित्र सञ्चालन हुने टेम्पु, इ–रिक्सा, अटो रिक्सा लगायत १ सय १६ वटा तिन पाङ्ग्रे सवारी साधनका धनीलाई आइतबार  प्रमाण पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सवारी दर्ता प्रमणापत्र धनीलाई हस्तान्तरण गर्दै नगर प्रमुख अजय थापाले  नगरपालिकामा दर्ता नगरी तीन पाङ्ग्रे सवारी साधन सञ्चालन गरे कानूनी कारबाही गरिने बताउनु भयो  । स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर क्षेत्रको यातायात व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ । त्यसै अनुसार पहिलो चरणमा तीन पाङ्ग्रे सवारी साधनलाई रुटपरमिट सहित सवारी दर्ता प्रमाणपत्र वितरण गरेका छौं, ‘नगरमा दर्ता नगरी सवारी सञ्चालन गरिए सवारी जफतसम्मका कारबाही गर्छौ ।’उहाँले भन्नु भयो ।
सवारी दर्ता गरेर रुटपरमिट दिइसकेपछि नगरक्षेत्रमा विद्यमान सवारीजामको समस्या समाधान हुने उहाँको दाबी छ । ‘मनलाग्दी ढंगले ट्याम्पु, ई-रिक्सा, अटो रिक्सा सञ्चालन भएकै कारण सवारी जामको समस्या देखिएको नगर उपप्रमुख शिव कुमारी चौधरीले बताउनु भयो ।  ‘कहाँ कति वटालाई सञ्चालन अनुमति दिने भन्ने कार्य योजना बनाएका छौं । त्यसरी जाँदा सवारी जामको समस्या चाँडै समाधान हुने विश्वास रहेको चौधरी ले बताउनु भयो ।

कार्यक्रममा सवारी धनिहरुलाइ जिल्ला ट्राफिक कार्यलयद्वारा अटो रिक्सा संचालन तथा यसका नियमबारे अभिमुखिकरण तालिम समेत प्रदान गरिएको थियो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल ,जिल्ला ट्राफिक कार्यलयला प्रहरी निरीक्षक पंकज चुदाली, वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाह, शसस्त्र  प्रहरीबल बिसनपुरका सइ इन्द्र  बिस्ट  वडा नम्बर ७ का वडा अध्यक्ष अनुपकुमार चौधरी लगाएत को उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ