शिवराज २ मा निशुल्क आँखाको शिविर सम्पन्न।।
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा हालै निशुल्क आँखाको शिविर सम्पन्न भएको छ। शिविरको आयोजना शिबराज नगरपालिकाले गरेको हो भने, छन्द कालेबावु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो।
यो शिविरमा ३०० जना स्थानीयवासीले आफ्नो आँखा जाँच गराएका थिए। जसमध्ये ८२ जनालाई चश्मा वितरण गरिएको छ। साथै, ३५ जना व्यक्तिमा मोतियाबिन्दुको समस्यासमेत पाइएको छ। शिविरमा जाँच गरिएका ३५ मध्ये २० जना पुरुष र १५ जना महिला रहेको र उनीहरूको मोतियाबिन्दुको उपचारको लागि बहादुरगञ्ज स्थित नारायणी आँखा अस्पताल पठाउने निर्णय गरिएको छ।
वडा अध्यक्ष राम बहादुर चौधरीले, “यस शिविरले स्थानीयवासीलाई सहज रूपमा आँखा उपचारमा सहयोग पुर्याएको छ। यस प्रकारका शिविरहरूको निरन्तरता दिनु आवश्यक छ,” भन्नुभयो। उहाँले, स्थानीयहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने यो प्रकारको पहल महत्त्वपूर्ण रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
सामुदायिक स्वास्थ्यका लागि यो प्रकारका शिविरहरूको आयोजना गर्ने उद्देश्यले भविष्यमा यस्ता शिविरहरूको संख्या थप्ने योजना समेत रहेको छ। स्थानीयवासीहरूले यस प्रकारको सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् र आगामी दिनमा यसका लागि सहयोग र समन्वयको आवश्यकता रहेकोमा जोड दिएका छन्।













