वडा नम्बर ३ मा निशुल्क आँखा शिविर सम्पन्न ।५१९ जना लाभान्वित ।।

वडा नम्बर ३ मा निशुल्क आँखा शिविर सम्पन्न ।५१९ जना लाभान्वित ।।
नवराज पौडेल कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर शिबराज नगरपालिका वडा नम्बर ३ को समन्वय तथा छन्द कालेबावु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो ।
शिविरमा ५१९ जनाले आफ्नो आँखा जाँच गराएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।जसमध्ये २१९  जनालाई चश्मा वितरण गरियो भने ७३जनाको मोतियाविन्दुको अपरेशन गर्नुपर्ने अवस्था देखिएकोले उनिलहरुलाइ निशुल्क अप्रेसनका लागि आइतबार  बहादुरगन्ज पठाइने चनइ स्वास्थ  चौकी खरेन्द्रपुरका प्रमुख जितेन्द्र बि.सिले जानकारी दिनु भयो ।
नगरमै सबै भन्दा धेरै जनाको सहभागीता रहेको बताउदै  शिविरले स्थानीय वडावासिलाइ  सहज रूपमा आँखा उपचारमा सहयोग पुर्‍याएको भन्दै  शिविरलाई निरन्तरता दिइने सापकोटाले  बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर