नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर मा वडा स्तरीय खेलकुद कार्यक्रम सुरु भएको छ ।स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यका साथ नगरमा हुने मेयर तथा उपमेयर कप २०८१ मा खेलाडी सहभागी गराउनका लागि तयारी स्वरुप वडा स्तरीय प्रतियोगिता सुरु गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले जानकारी दिनु भयो । उहाँले हरेक बर्ष वडा स्तरीय कार्यक्रम गरिरहेको बताउनु भयो । कार्यक्रम फुटबल, भलिबल, कृकेट, ब्याडमिन्टन लगाएतका खेल संचालन हुने भएका छन । 
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर उप प्रमुख शिवकुमारि चौधरीले वडा स्तरबाट नै खेलाडीको क्षमता अभिवृद्धि गर्नका लागि तथा खेलाडीलाई नगर जिल्ला प्रदेश हुँदै केन्द्रसम्मको प्रतियोगितामा सहभागी बनाउन यो कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । उहाले अन्य वडामा समेत यस्ता खालका कार्यक्रम संचालन गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका वडा सभापति प्रकाश न्यौपाने, नेकपा एमालेका वडा समिति अध्यक्ष राम कृष्ण रेग्मी, माओवादीका अध्यक्ष नहकुल बि.क समाजसेवी कमल क्षेत्री बिनोद नेपाल , सम्पूर्ण टोल बिकास समितिका अध्यक्ष शिक्षा प्रमी खेलप्रेमी महानुभावहरुको उपस्थित रहेको कार्यक्रमको संचालन वडा सचीव नारायण पङ्गेनी ले गर्नु भएको थियो ।













