अखिल नेपाल महिला संघ कपिलवस्तु को
आ ठौ भेला सम्पन्न, अध्यक्षमा शारदा खनाल
केर सिंह अ दै
कपिलवस्तु, अखिल नेपाल महिला संघ कपिलवस्तु को आठौ जिल्ला भेला आज गोर सिङ्गे मा सम्पन्न भएको छ, कमला पौडेल को अध्यक्षता मा अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव शकुन्तला राणा को प्रमुख आतिथ्यता मा सम्पन्न भेला ले सल्लाका र सहित , शारदा खनाल को अध्यक्षता मा १५ सदस्यीय अखिल नेपाल महिला संघ कपिलवस्तु जिल्ला समिति चयन गरेको छ,
जस् अनुसार उपाध्यक्ष पदमा लक्ष्मी पोख्रेल, सचिब पदमा रिता पाण्डे, सहसचिव मा बिनिता अदै, कोष अध्यक्ष मा ललिता कुँवर, ,सदस्य हरुमा शोभा आचार्य, पवित्रा बेल्बासे, विमला श्रेष्ठ, वेलौता विक, वैकल्पिक मा प्रेम कला खत्री, एक रिक्त राखिएको छ, भने सल्ला कार मा अम्बिका पौडेल शर्मा, कमला पौडेल, मेनका शर्मा, इन्द्र कला खनाल, रहनु भएको छ, भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथि शकुन्तला राणा ले देशमा प्रजातन्त्र , गणतन्त्र ल्याउन महिलाहरुको महत्त्व पूर्ण योगदान रहेको बताउँदै महिला हरुका सीमित उपलब्धि हरु पनि पारदर्शी नभएको बताउँदै वर्तमान पुँजीवादी व्यवस्था ले महिला हरु को हक हित समाधान गर्न नसक्ने बताउनु भयो,

उहाँले अहिले राष्ट्र गम्भीर संकटमा गुज्री रहेको ले राष्ट्रियता को रक्षा , गणतन्त्र को रक्षा र संघीयता खारेज गर्न काँधमा काँध मिलाएर महिला हरु चुलो चौको बाट उठ्नु पर्ने बताउनु भयो, कार्य क्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै , रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली, संघीयता विरोधी मोर्चा कपिलवस्तु का संयोजक पिताम्बर खनाल, अखिल नेपाल किसान संघ का जिल्ला अध्यक्ष सिद्धि आचार्य, अखिल नेपाल युवक संघ का जिल्ला अध्यक्ष विक्रम केसी ले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो, नव निर्वाचित समिति लाई देवा आचार्य, राधा बेल्बासे,टेक पती सापकोटा ले बधाई दिनु भएको थियो, भेला को सञ्चालन निर्मला सापकोटा ले र स्वागत रिता पाण्डे ले गर्नु भएको थियो,














