कपिलवस्तुमा संघीयता बिरुद्ध एकैदिन १२ ठाउँमा कोण सभा सम्पन्न ।।

कपिलवस्तुमा संघीयता बिरुद्ध एकैदिन १२ ठाउँमा कोण सभा सम्पन्न ।।
केर सिंह अदै कपिलवस्तु ,

राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले यही पौष २७ र २८गते दुईदिन संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न जिल्लामा मोटरसाइकल रयली र सभा को आयोजन गरेको थियो, आज २८गते कार्य क्रम को समापन गरिएको छ, शिवराज नगर पालिका ३ खरेन्द्रपुरबाट सुरु गरिएको मोटरसाइकल र्याली महाराज कृष्णनगर विजयनगर का विभिन्न ठाउँमा कोण सभा गर्दै चन्द्रौटा मा आएर समापन गरिएको हो ।


खरेद्रपुर को सभा लाई अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै ले सम्बोधन गर्नु भएको थियो, महाराज गंज को सभा लाई अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल ले सम्बोधन गर्नु भएको थियो, गैदाहवा चोक को कार्य क्रम लाई अनतुक केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले सम्बोधन गर्नु भएको थियो, यसै गरी बहादुर गंज को सभा लाई प्रगतिशील पत्रकार संघ का केन्द्रिय सदस्य श शी सापकोटा ले सम्बोधन गर्नु भएको थियो, कृष्ण नगर गोल घर मा भएको सभा लाई ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री ले सम्बोधन गर्नु भएको थियो, कृष्ण नगर बस पार्क मा भएको सभा लाई केर सिंह अदै, र संघीयता बिरुद्ध मंच कपिलवस्तु का संयोजक पिताम्बर खनाल ले सम्बोधन गर्नु भएको थियो, विजय नगर झिंगा मा भएको सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद प्रसाद बेल्बासे ले सम्बोधन गर्नु भएको थियो, यसै गरी भटनी ४ न मा अखिल नेपाल किसान संघ का जिल्ला अध्यक्ष सिद्धि आचार्य ले सम्बोधन गर्नु भएको थियो, विजय नगर को ज्योती नगरमा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै र अखिल नेपाल युवक संघ का जिल्ला अध्यक्ष विक्रम केसी ले सम्बोधन गर्नु भएको थियो, शिवराज २ हल्लानगरमा अखिल नेपाल युवक संघ का केन्द्रिय सल्लाका र यूरा ज आचार्य ले र बलापुर मा अखिल नेपाल शिक्षक संघ का केन्द्रिय सदस्य हिमलाल बेल्बासे ले सम्बोधन गर्नु भएको थियो, भने चन्द्रौटा मा समापन गरिएको थियो, समापन कार्यक्रम को हिमलाल बेल्बासे,नेकपा मसाल का प्रवक्ता माधव भाट क्षत्री ले मन्तव्य राख्नु भएको थियो भने राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले मोटर साइकिल र्याली मा सहभागि , तथा साथ सहयोग गर्नु हुने सम्पूर्ण जनसमुदाय हरुलाई धन्य बाद ज्ञा पन गर्दै कार्यक्रम को समापन गर्नु भएको थियो, कार्य क्रम सञ्चालन केर सिंह अदै ले गर्नु भएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ