चन्द्रौटा महोत्सवमा आज खुमन अधिकारीसहित अन्य चर्चित कलाकारहरूको प्रस्तुती हुने

कपिलवस्तु –
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज शनिबार चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीसहितका कलाकारहरूको प्रस्तुति हुनेछ।

महोत्सवको चौथो दिन आज शनिबार लोक तथा दोहोरी गायिका सम्झना लामिछाने, लोक तथा दोहोरी गायक दीपक भण्डारी, बाल कलाकार एक्टीमा परियार, गायक कपिल देब लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो।

यसै गरी महोत्सवमा जेडिसी गुरुपको डान्स, नवौं चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता र आमा समूहस्तरीय डोरी तान प्रतियोगिता पनि रहने छ ।
“कृषि, पर्यटन, उद्योग र व्यापार,स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार“ भन्ने नारासहित व्यापार संघ कपिलवस्तुले यो महोत्सवको आयोजना गरेको हो। महोत्सव माघ २० गतेसम्म चल्नेछ। महोत्सवमा २०० भन्दा बढी स्टल र बाल उद्धानको व्यवस्था गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर