मुलुक को लागि संघीयता आर्थिक बोझ मात्र भएको महासचिव भट्ट को भनाइ ।
केर सिंह अदै ,तौलिहवा
कपिलवस्तु को चार न जीत पुर मा राष्ट्रिय जनमोर्चा कपिलवस्तु को आयोजना मा संघीयता बिरुद्ध आम सभा सम्पन्न भएको छ,
राष्ट्रिय जनमोर्चा जिल्ला समिति का अध्यक्ष राम प्रसाद बेल्बासे को अध्यक्षता मा भएको सभा लाई प्रमुख अतिथि को आसन बाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का महासचिव म नोज भट्ट ले संघीयता का कारण राज्यलाई आर्थिक बोझ भएको बताउनु भयो, प्रदेशमा २५ प्रतिशत आम्दानी र ७५ प्रतिशत खर्च भएको बताउँदै यो खर्च २२ हजार कर्म चारी पाल्न र ५०० सांसद पाल्न खर्च हुने बताउनु भयो, यदि प्रदेश सरकार हटाएर यो खर्च शिक्षा र स्वास्थ्य मा लगानी गर्ने हो भने फ्री शिक्षा फ्री स्वास्थ्य हुने उहाँको तर्क थियो, संघीयता ल्याएको जस् माओवादी , मधेस बादि दल हरुले लिए पनि
यो विदेशी ग्रा इन डिजाइन मा ल्याएको बताउँदै यस को खारेजी को पार्टी ले संघर्ष गर्दै आएको र यही चैत्र २४ देखि ३० सम्म काठमाडौं केन्द्रित आन्दोलन को घोषणा भएको बताए, कार्य क्रम मा विशिष्ठ अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रिय अध्यक्ष ठाकुर खनाल ले आज सम्म को कुनै पनि सरकार ले प्रवासी नेपाली हरुको हक हितमा काम गर्न नसकेको बताउनु भयो ।

मूल प्रवाह ले प्रवास स्थित नेपाली हरुको हक हित र प्रवास बाटै मत अधिकार को लागि संघर्स गर्दै आएको बताउनु भयो, संघीयता बिरुद्ध को आन्दोलन लाई निरन्तर सहयोग गर्दै आएको बताउँदै उहाँले संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन मा प्रवास बाट उल्लेखनीय उपस्थिति हुने बताउनु भयो, कार्य क्रम मा नेपाल कम्निस्ट पार्टी मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री ले संघीयता बिरुद्ध जिल्लाव्यापी कार्य क्रम अगाडि बढेको बताउँदै आम जनसमुदाय हरुलाई आर्थिक नैतिक भौतिक सहयोग गर्नु,हुन् अपील गर्नु भयो, कार्य क्रम मा अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाका र दधिराम आचार्य, अखिल नेपाल ट्रेड युनियन महासंघ अ नटुक केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै , जनजाति सम्मेलन का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नर बहादुर घर्ति, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली, संघीयता विरोधी मोर्चा, जिल्ला संयोजक पिताम्बर खनाल, लगायत जनवर्गीय संगठन का अध्यक्ष हरु को आतिथ्यता रहेको थियो, भने रक्तिम सांस्कृतिक अभियान का कलाकार हरुले गीत र नित्य प्रस्तुत गरेका थिए, सहिद हरु प्रति एक मिनेट मौन धारण गरी अगाडि बढाएको सभा को सञ्चालन ससी सापकोटा ले गर्नु भएको थियो भने स्वागत राष्ट्रिय जनमोर्चा जिल्ला अपा अध्यक्ष दल बहादुर कुँवर ले गर्नु भएको थियो ।













