शिवराजमा खुट्टा गुमाएका १० जनालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान गरिने ।।

शिवराजमा खुट्टा गुमाएका १० जनालाई निःशुल्क कृत्रिम खुट्टा प्रदान गरिने ।।

नवराज पौडेल कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकाले अपांगता भएका नगरवासीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउने महत्वपूर्ण निर्णय लिएको छ। विभिन्न दुर्घटनामा खुट्टा गुमाएका १० जना नगरवासीलाई मोडुलर कृत्रिम खुट्टा प्रदान गर्नका लागि शिवराज नगरपालिका र मारवाडी सेवा समाज काठमाडौको साझेदारीमा एक सशक्त पहल सुरु भएको नगरप्रमुख अजय थापाले  जानकारी भयो ।

अपांगता भएका गरीब तथा असहाय नगरवासीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यो पहल सुरु गरेको र  नगरको  बाट बजेट  ब्यावस्थापन गरि आइतबार प्राविधिक टिमलाई पालिकामा बोलाइएको र खुट्टाको नाप पठाइएको थापाले बताउनु भयो । यस कदमले उनीहरूको शारीरिक क्षमता मात्र होइन, मानसिक बल पनि प्रदान गर्ने उहाँले बताउनु भयो ।

यस पहल अन्तर्गत, नगरपालिकाले विशेष गरी दुर्घटनामा खुट्टा गुमाएका नगरवासीहरूलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गर्ने घोषणा गरेको छ। यस कार्यलाई मारवाडी समाज सेवा काठमाडौले आवश्यक सामग्री र आर्थिक सहयोग पुर्‍याउँदै समन्वय गरेको छ। थापाले अहिले १० जनाको नाप पठाइएको र अन्य कोहि भए पालिकामा आउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
कृत्रिम खुट्टा वितरण कार्यक्रमले नगरका बिभिन्न कठिनाइमा परेका १० जना नागरिकहरूको जीवनस्तरलाई साकारात्मक ढंगले प्रभावित पार्नेछ। यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ र यसले समाजमा सहकार्य र मानवताबोधको महत्वपूर्ण सन्देश फैलाउने उदेश्य राखिएको छ ।
यो अनौठो पहलले जिल्लामै  सामूहिक चेतनामा एक नयाँ आयाम थप्नेछ र अपांगता भएका व्यक्तिहरूका लागि एक मजबूत भविष्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ