संघीयता र संघीयताले पारेको असर विषयमा कपिलवस्तुमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।।

संघीयता र संघीयता ले पारेको असर विषयमा कपिलवस्तु मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।।
केर सिंह अदै, तौलिहवा
कपिलवस्तु राष्ट्रिय जनमोर्चा कपिलवस्तु को आयोजना मा जिल्ला को सदरमुकाम तौलिहवा मा संघीयता र संघीयता ले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे को अध्यक्षता मा सम्पन्न कार्य क्रम मा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाका र वामपन्थी नेता सुरेश थापा ले संघीयता र संघीयता ले पारेको असर विषयक अवधारणा प्रस्तुत गर्नु भएको थियो,
उक्त अवधारणा पत्र माथि टिप्पणी गर्दै ने क पा एमाले का जिल्ला अध्यक्ष बाबुराम खनाल ले राष्ट्रिय जनमोर्चा को संघीयता सबन्धी अवधारणा देश टुक्रिन्छ की विखण्डन हुन्छ कि भन्ने मनशाय बात आयको बताउँदै संघीयता ले देश नटुक्रिने , विखण्डन नहुने बताए, संघीयता ले ले देश टुक्रिन्छ क्षेत्रीयता बादि बढ्ने दरले थ्रेस होल्ड राखिएको बताए, उहाँले शक्ति केन्द्रित भयो यसलाई पृथकीकरण गर्न, न्याय,समानता को हिसाब ले, क्षत्रिय असन्तुलन मिलाउन, मधेस आन्दोलन लाई सम्बोधन गर्न, विकास सुशासन तल सम्म कायम गर्न, ने क पा एमाले ले संघीयता स्वीकार गरेको बताउनु भयो, ने क पा माओवादी केन्द्र का जिल्ला संयोजक, विष्णु बेल्वासे ले माओवादी ले सबै वर्ग लाई राज्य को पहुंच मा पुर्याउन संघीयता बोकेको बताउनु भयो, अब पछि फर्कन असम्भव भएको तर्क गर्दै संघीय गणतन्त्र उत्कृष्ट व्यवस्था भएको बताए, उहाँको तर्क थियो कि
भारतमा दा अम्बेडकर ले संघीय कानून लेखेको हुँदा विकास भएको हो, चीन मा संघीयता ले गर्दा विकास भएको हो, संघीयता महँगो भए मन्त्री कर्मचारी कम गर्न सकिने , संघीयता ले देश बर्बाद नगरेको बरु भस्ट चार ले बर्बाद गरेको तर्क गर्नु भयो, ने क पा का 1नं इन्चार्ज सुनिल सी ले २४० बर्से निरंकुश तन्त्र को विकल्प मा संघात्मक, संघीयता मानेको स्पष्ट पार्दै, पिछडिएका वर्ग, जात जाति आदिवासी हरु ले अधिकार पाउनु पर्ने हो तर दलाल पूँजीवाद को कारण हुन नसकेको बताउनु भयो, उहाँको तर्क थियो समाजवादी व्यवस्था मा मात्र पूर्ण रूपमा संघीयता लागू हुन्छ, एकीकृत समाजवादी को जिल्ला अध्यक्ष अञ्जना सिंह ले आफु व्यक्तिगत रूपमा संघीयता को घोर विरोधी भएको बताइन् तर उहाँले संघीयता कानुन मा लेखिसकेको हुँदा यस विषय उठाउँदा कति सान्दर्भिक हुन्छ भन्ने प्रश्न गर्नु भयो, उहाँको तर्क थियो ६० प्रतिशत कम्निस्ट मिलेर जानु पर्छ, कार्य क्रम मा उद्योग व्यापार संघ का जिल्ला अध्यक्ष कपिल पौडेल ले दलहरुको केन्द्रीकृत मानसिकता को कारण संघीयता असफल भएको बताउँदै अब संघीयता बारे जनताको मत लिनु पर्ने बताए, माहुरी होम का अध्यक्ष तथा मानव अधिकार कर्मी, राम दयालु ठाकुर ले राष्ट्रिय जनमोर्चा ले सुरु देखि नै संघीयता को विरोध गर्दै आएको बताउँदै संघीयता सजिलो होस् भनेर आयको तर झन् दुःख भयो कर्म चारी पाल्न मात्र आयको जस्तो देखियो भन्ने तर्क गर्नु भयो
विविध तर्क को जवाफ दिँदै प्रमुख अतिथि सुरेश थापा ले बीसौं वर्ष सम्म पनि संघीयता सम्बन्धी दल हरुले बुझ्न नसक्नु विडम्बना भएको बताउनु भयो, उहाँको तर्क थियो बुझून् पनि कसरी यो संघीयता दल हरु को याजेन्दा नै हैन, संघीयता जनता बात अनुमोदित पनि होइन, दल हरु बात अनुमोदित हो,
प्रश्न को जवाफ मा उहाँले ठूला दल ले काँधमा बोक्दैमा संघीयता धान्न नसकिने बताउँदै असफल भै सकेको धारणा राख्नु भयो
कार्य क्रम मा ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री, कुवेत नेपाली एकता समाज का खुम रायमाझी, राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाका र दधिराम आचार्य,युवक संघ का केन्द्रिय सल्लाका र अखिल छैठौं का भूपू केन्द्रिय अध्यक्ष देवेन्द्र कुँवर ले पनि मन्तव्य राख्नु भएको थियो, कार्य क्रम मा अखिल नेपाल किसान संघ का केन्द्रियउपाध्यक्ष शिव पौडेल, संघीयता विरोधी मोर्चा कपिलवस्तुसंयोजक पिताम्बर खनाल को पनि आतिथ्यता रहेको थियो, कार्य क्रम को सञ्चालन प्रगतिशील पत्रकार संघ का केन्द्रिय सदस्य श शी सापकोटा र स्वागत मन्तव्य राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर