खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तु द्वारा बजार अनुगमन बन्जाडेलाइ १० हजार जरिवाना

नवराज पौडेल कपिलवस्तु

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुले बहादुरगन्ज र चन्दौटा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा बहादुरगन्ज र चन्द्रौटा  बजारमा अधिकांश होटल तथा मिठाई पसल विना दर्ता संचालन भएको र उत्पादकको नाम उल्लेख नभएको सामाग्री  भेटिएको, मिठाई पसलको मिठाइमा झिगा लागेको , मिठाइमा अत्याधिक रंगको प्रयोग गरेको भेटिएको सहायक  जिल्ला प्रसाशन अधिकृत परमान्द घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो क्षेत्रमा होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको र  किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको घिमिरेले बताउनु भयो  । अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको भटमास जस्ता वस्तुहरु फेला पारी लेभलिङ गर्न निर्देशन दिएको  उहाँले बताउनु भयो ।

बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको होटल, किरना पसललाई एक हप्ता भित्र दर्ता गरि सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका प्रमुख सन्तोस  खनालले  बताउनु भयो ।सोमबार पुजा मिस्ठान भण्डार बहदुरगन्ज, महेश मिठाइ पसल, न्यु गौरव स्विट हाउस चन्दौटा,जय माता विन्दावासिनी मिस्ठान भण्डार, शिवलाल बन्जाडे किराना पसल चन्द्रौटा र राज इन्टरप्राइजेज लगाएतका पसलमा अनुगमन गरिएको हो ।
यी मध्ये चन्द्रौटामा रहेको बन्जाडे किराना पसललाई १० हजार जरिवाना तिर्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका सहायक अधिकृत परमान्द घिमिरे, प्रेम बहादुर रोकाहा, हिरामनी चौधरी,   सञ्चार कर्मी शिवराज नगरपालिकाका कर्मचारी प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ