कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४ खरेन्द्रपुरस्थित समयथान माध्यमिक विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम’ आजबाट भएको छ ।
नागरिक आरोग्य सेवा केन्द्र, शिवराज नगरपालिका-४, चन्द्रौटा, कपिलवस्तुको आयोजनामा माघ आजबाट सुरु भएको कार्यक्रम फागुन १ र २ गतेसम्म सञ्चालन हुनेछ ।
शिवराज नगरपालिकाको उपप्रमुख शिवकुमारी चौधरीले व्यामबाट विद्यार्थीहरूलाई शिक्षामा प्रोत्साहन र सिकाई अनुभवमा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका शिवराज नगरपालिका वडा नं ४ का वडाध्यक्ष नसिम अहमद खाँले विद्यार्थीहरूका लागि आयुर्वेद र योग महत्त्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूलाई आयुर्वेद र योगसम्बन्धी ज्ञान प्रदान गरिने प्रधानाध्यापक गिरि प्रसाद गैरेले जानकारी दिनुभयो ।
समयथान माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरि प्रसाद गैरेका अनुसार विद्यालयका विद्यार्थीलाई योग र आयुर्वेदको महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
उहाले विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना कार्यक्रम आवश्यक भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधि निरन्तर गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको उदघाटन समारोहमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नागरिक आरोग्य केन्द्रको आयोजनामा सुरु भएको कार्यक्रममा शिवराज नगरपालिका वडा नं ४ वडा कार्यालयको सहयोग रहेको छ ।
कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।













