पार्टीलाई  सशक्त बनाउन    जरा केन्द्रित अभियानमा ध्यान दिनु पर्छ : महासचिव  पोखरेल 

पार्टीलाई  सशक्त बनाउन    जरा केन्द्रित अभियानमा ध्यान दिनु पर्छ : महासचिव  पोखरेल 

पार्टीलाई एकताबद्ध र सशक्त बनाउन   पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र जरा केन्द्रित अभियानमा ध्यान दिनुपर्ने एमाले महासचिव शंकर पोखरेलले  बताएका छ्न ।
 महासचिव  पोखरेलले पार्टीको संगठनलाई अझ सशक्त बनाउन र पार्टीको विचारलाई जनतासम्म पुर्‍याउन कार्यकर्ताहरूको भूमिकामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

विजयनगर गाउँपालिकाको खडैचामा आयोजित वडा केन्द्रित शुभारम्भ तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  बोल्दै महासचिव  पोखरेलले एमालेको विचार र धारणालाई घर-घर र व्यक्ति-व्यक्तिका बीच पुर्‍याउन अगुवा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे। पार्टीलाई बलियो बनाउनका लागि  सबैको योगदान महत्त्वपूर्ण  हुने बताए ।

 पार्टीको संगठनलाई सशक्त बनाउनको लागि प्रत्येक कार्यकर्ताले जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता भएको बताए। नेपाललाई बनाउने पार्टी एमाले  भएको भन्दै  पार्टीले जनताको जीवनस्तर उकास्नका लागि विभिन्न योजनाहरू लागू गरिरहेको बताए।महासचिव पोखरेलले केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा विकास र समृद्धि ओरालो लागेको दाबी गरेका छन्। 

संविधान निर्माणपछि एमालेलाई अस्वीकृत गर्ने प्रवृत्तिका बाबजुद, ओलीको नेतृत्वमा मधेसमा तीव्र विकासका कार्यहरू अघि बढेका छन् जसले जनताको विश्वास जित्न मद्दत गरेको बताए ।कार्यक्रममा सम्बोधन  गर्दै एमाले केन्द्रिय  सदस्य 

 गिरधारीलाल न्यौपानेले पार्टीलाई मजबुत  बनाउन घर फर्क अभियान  संचालन  गर्नु पर्ने  बताए ।

पार्टी  मजबुत  हुने मुख्य  आधार पार्टीको जनवर्गीय  संगठन  भएको भन्दै सकृय  भएर लाग्न आग्रह  गरे ।

यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले जरा केन्द्रित अभियानलाई सफल बनाउन लाग्ने कुरामा तयार भएको बताए । उनले गाउँ-टाेलमा पुगेर नेकपा एमालेमय बनाउने अभियानमा सबैले लाग्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रमलाई नेकपा एमाले प्रदेश  अध्यक्ष  राधाकृष्ण  कणेल, जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल, उपाध्यक्ष शंकर पाण्डे, सचिव चन्द्र बहादुर गहतराज लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ