शिवराजमा ३ मा रचनात्मक कार्य भजन मन्डली समुहलाइ ५ दिने तालीम पछि बाध्याबादन सामाग्री प्रदान ।।

शिवराजमा ३ मा रचनात्मक कार्य भजन मन्डली समुहलाइ ५ दिने तालीम पछि बाध्याबादन सामाग्री प्रदान ।।
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले मौलिक धार्मिक सस्कृती संरक्षण तथा संवद्र्धन गर्दै रचनात्मक कार्य गरेको छ । गत वर्ष पन्चेबाजा प्रदान गरेको थियो भने यस वर्ष वाध्यवादनका सामाग्री प्रदान गरिएको हो । स्वर्गद्वारी भजन मन्डली समूह लाई वाध्यवादनका सामाग्री प्रदान गरेको वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
आफ्नो मौलिक बाजा र संस्कृतिको संरक्षण गर्न सामग्री प्रदान गरिएको जानकारी सापकोटाले जानकारी दिनुभयो। “हाम्रो पहिचान भनेको संस्कृति मौलिक परम्परा हो त्यसैले मौलिक परम्परा लाई जोगाउने उदेश्यले वितरण गरेका छौँ “यो नै लोप भयो भने हामी पनि रहन सक्दैनौँ त्यसकारण यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ।” 
अहिले लोकभजनहरू पनि बूढापाकामा मात्र सीमित भएको गुनासो गर्दै युवापुस्तामा पनि यसको आस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

वाध्यवादन सामग्री प्रदान संगै ५ दिनको तालीम पश्चात् आज एक कार्यक्रमका बिच स्वर्गद्वारी मन्दिरमा भजन कृतन गरि कार्यक्रम सम्पन्न भएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम पुर्ब वन मन्त्री अर्जुन कुमार केसिले सनातन धर्म संरक्षणका लागि हिन्दु रास्ट्र संविधानमा लेख्दैमा नहुने भन्दै सबैको मस्तिष्कमा हुनुपर्नेमामा जोड दिनुभयो ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जब सम्म देशलाई हिन्दु रास्ट्र बनाउन सकिदैन तब सम्म यसको संरक्षण गर्न नसकिने भएकाले हिन्दु रास्ट्र निर्माणमा लाग्न सम्पूर्ण लाई आग्रह गर्नुभयो । नगर प्रमुख थापाले बालबालिकालाई सानै उमेर बाट हाम्रो धर्म सस्कृतिका बारेमा जानकारी गराउनका लागि सस्कृत भासाको अध्यन गराउनु पर्ने बताउनु भयो ।
वडाले गत वर्ष पन्छे बाजाको तालीम संचालन गरि शिवराज महिला बाजा समुहका करिब ३० जना लाई स्वरोजगार बनाएको छ । भने अचार बनाउने, हार्पिक फिनाएयन बनाउने, चप्पल बनाउने जस्ता स्वरोजगार बनाउने तालीम प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ