कपिलवस्तुको शिवराज नगरपालिका वडा न ४ मा रहेको बालहन्स साङबेद सस्कृत गुरुकुल पाठशाला स्वर्गद्वारी आश्रमको २५ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार आश्रम परिसरमा आश्रमका संरक्षक एवम् अध्यक्ष चडामणी पोख्रेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्ब वन मान्त्री अर्जुन कुमार केसि वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो संस्थाका अध्यक्ष पोख्रेलले हालसम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । थियो भने सस्थाका उपाध्यक्ष पारसमणि पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रमलाई सम्बोधन लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले आश्रमलाइ सस्कृत पाठशालाको रुपमा मात्रै बिकास गर्नु पर्ने कुरामा जोड दिदै आश्रमको बिकासमा प्रदेश बाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्द्ता जनाउनु भयो ।
यसै बिच वडा अध्यक्ष टेकलाल सापकोटाले आश्रमको बिकासका लागि यसको प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउदै समाजिक संजालमा बिरोध गर्ने हरु आश्रममा आइ यहाँको अवस्थाको बारेमा चित्रण गर्न आवश्यक रहेको बताउनु भयो । सभामा आश्रम र पाठशालाको संयुक्त २६ लाख बराबरको आयब्याय प्रस्तुत गरिएको थियो ।













