संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न
कपिलवस्तुमा मोटरसाइकिल र्याली र कोणसभा सम्पन्न ।।
केर सिंह अदै
राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले आज जिल्ला को पिपरा देखि चन्द्रौटा सम्म संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न प्रचारात्मक रूपमा मोटरसाइकल र्याली र ११ ठाउँमा कोण सभा सम्पन्न गरेको छ ।
पिपरा मा राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे ले उद्घाटन गर्दै संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न सबै जन समुदाय को सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो, उक्त सभाको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली एकता समाज का महासचिव खुम रायमाझी ले गर्नु भएको थियो
यसै गरी चार न जीतपुर मा राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाकार दधिराम आचार्य ले सम्बोधन गर्नु भएको थियो, सञ्चालन हिम लाल बेल्बासे ले गर्नु भएको थियो
बोड गाउँ मा भएको कोण सभालाई अखिल नेपाल शिक्षक संघ का जिल्ला अध्यक्ष पिताम्बर खनाल ले सम्बोधन गर्नु भएको थियो, भने सञ्चालन किसान संघ का जिल्ला अध्यक्ष सिद्धि आचार्य ले गर्नु भएको थियो,
वन गाई मा मूल प्रवाह एकता समाज का प्रतिनिधि मणिराम अधिकारी ले सम्बोधन गर्नु भएको थियो, भने सञ्चालन सञ्चालन अखिल नेपाल युवक संघ का जिल्ला अध्यक्ष विक्रम केसी ले गर्नु भएको थियो, गाेरुसिंगे चोक मा अखिल नेपाल शिक्षक संघ का हिमलाल बेल्बासे ले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन नर बहादुर घर्ति ले गर्नु भएको थियो, गोर सिङे बजारमा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे ले सम्बोधन गर्नु भएको थियो, भने सञ्चालन रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा मगर ले गर्नु भएको थियो ।
बुड्डि चोकमा भएको कोण सभा लाई अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल ले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन मणिराम अधिकारी ले गर्नु भएको थियो, इमलिया मा भएको कोण सभा लाई अन्तर्राष्ट्रिय नेपाली एकता समाज का महासचिव खुम रायमाझी ले सम्बोधन गर्नु भएको थियो, भने सञ्चालन मणिराम अधिकारी ले गर्नु भएको थियो, खरेन्द्रपुरमा खुम रायमाझी ले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन मणिराम अधिकारी ले गर्नु भएको थियो,
यसै गरि कोइलीबनगाइमा समीर बिक्रम केसिले संचालन गर्नु भएको सभामा खुम बहादुर रायमाझीले सम्बोधन गर्नु भएको थियो । इमिलियामा खुम बहादुर रायमाझीले सन्चालन गर्नुभएको सभालाइ नेकपा मसालका प्रवक्ता माधव भाट क्षेत्रीले सम्बोधन गर्नु भएको थियो भने चन्दौटामा राजमो का जिल्ला सचीव केयर सिह अदैको संचालनमा सुरु भएको सभालाइ किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल र माधव भाट क्षेत्रीले सम्बोधन गर्दै सभा सम्पन्न गरिएको थियोे ।














